४ पुष २०८२, शुक्रबार

गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार


११ असार, काठमाडाैँ । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ । रोमानियामा सांगितिक प्रस्तुति दिइरहेको बेला स्टेजमै उनीमाथि बोतल प्रहार भएको हो ।

कार्यक्रममा उपस्थित एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । देश तथा विदेशमा रहेका कलाकारहरूले उक्त व्यवहारको भर्त्सना गरेका छन् ।

बोतल प्रहारपछि उनी प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिए पनि फेरी प्रस्तुति सुरू गरेका थिए ।


प्रकाशित मिति: ११ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार