११ असार, काठमाडाैँ । पत्रकार केशव प्रसाद पाण्डेले नेपाल प्रेस युनियनको नवाैँ जिल्ला अधिवेशनका लागि सचिव पदमा उम्मेदारी दर्ता गराएका छन् । पाण्डेले काठमाडाैँ शाखाको सचिव पदका लागि उम्मेदवारी दिएका हुन् ।
अहिले पाण्डे राष्ट्रिय दैनिक नयाँ पत्रिकामा कार्यरत छन् ।
आज नेपाल प्रेस युनियन काठमाडाैँ शाखाको नवाैँ अधिवेशन हुन गइरहेको छ । उम्मेदवारीको घोषणा गर्दै पाण्डेले साथ र सहयोग सहित भोटका लागि अपिल गरेका छन् ।
प्रकाशित मिति: ११ असार २०८०, सोमबार