२९ पुष २०८१, सोमबार

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन


१ असार, काठमाडाैँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको सांसद पद निलम्बन भएको हो ।

संवैधानिक व्यवस्था अनुसार फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुनेछ ।

गत वैशाख ३१ गते रायमाझी काठमाडाैँबाट पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये १६ जनालाइ आज जिल्ला अदालत काठमाडाैँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार