३२ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणको विरूद्धमा प्रदर्शन गर्ने १६ जना पक्राउ परेका छन् ।
काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनीहरूले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदर्शनीमा मानवअधिकारवादी शान्ति समाज नेपालका कृष्ण पहाडी लगायत व्यक्तिहरू उपस्थित थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाहरूलाई उन्मुक्ति नदिइयोस् भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार