२९ पुष २०८१, सोमबार

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल


३१ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनि आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।

डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार