२६ बैशाख २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डविरूद्ध मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश


२६ जेठ, काठमाडाैा । सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध रिट दर्ता गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले प्रचण्डविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न आदेश दिएको हो ।

पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट निवेदन दिएका थिए। तर, सर्वोच्चले उक्त रिट रद्द गरिदिएको थियो ।

त्यसपछि विष्ट सर्वोच्चको दरपीठको फैसलाविरूद्ध सर्वोच्च पुगेका थिए।

विष्टले नेकपा माओवादीको नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल (प्रचण्ड), डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारबाहीको माग गरेका छन् ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives