२४ जेठ, काठमाडाैँ । हिमालयन क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्नका निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ऋणपत्र बिक्री गर्नका लागि हिमालयन क्यापिटल लिमिटेड नियुक्त गरेको हो।
बैंकले मूल्य १ हजार दरका ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । जसको जम्मा मूल्य ३ अर्ब नेपाली रूपैयाँ हुनेछ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तको सम्झाैतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।
देशभर सिटिजन्स बैंकका १८३ वटा शाखा रहेका छन् । त्यस्तै, तीन वटा विस्तारित शाखा समेत रहेको बैंकले १४० वटा एटिएम बुथ, ६ कियोस्क सर्भिस तथा ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार