१९ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार सर्वोच्चमा पेस भएको रिट आज (शुक्रबार) दर्ता भएको जानकारी दिए ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।
प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार