१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन् ।
प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन् । भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीगण, उच्च सरकारी अधिकारी र अन्य सदस्यको सहभागिता थियो ।
प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार