१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ ।
बिहीबार हैदराबाद हाउसमा नेपाल–भारतका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सुरु भएको हो ।
यसअघि आज नै प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीसँग वार्ता गरेका थिए ।
त्यस्तै बिहान महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्पगुच्छा अर्पण गरेका थिए ।
बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् ।
प्रकाशित मिति: १८ जेष्ठ २०८०, बिहीबार