१७ जेठ, काठमाडाैँ । टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ । आज (बुधबार) सर्वोच्च अदालतले चौधरीको आममाफी विरुद्धमा परेको रिटको सुनुवाइ गर्न लागेको हो ।
शारदा बोहरा कडायतले आइतबार दर्ता गराउनुभएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकेको हो । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको थियो ।
तर गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चौधरी यही जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार