१६ जेठ, काठमाडाैँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । समितिका जेठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् । सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रधानन्यायाधीश नियुक्ति लगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने विश्वास व्यक्त गरे । उनले सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफैँले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह पनि गरे ।
प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार