१० पुष २०८१, बुधबार

उत्पादन र रोजगार समृद्धिको आधार


१५ जेठ, काठमाडाैँ । नेपाल सरकारले ‘उत्पादन र रोजगार : समृद्धिको आधार’को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास गर्ने उल्लेख गरे । उनले असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन, उत्पादकत्व वृद्धि गरिने र उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?