१० पुष २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणमा जाने टोलीको लाग्यो टुंगो


१५ जेठ, काठमाडाैँ ।   सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारत भ्रमणमा जाने टोलीको टुंगो लगाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भ्रमण टोलीको टुंगो लगाएको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डसँग पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री भारत भ्रमणमा जानेछन् ।

प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?