१५ जेठ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रविरूद्ध बोल्नेहरूलाई डाँडा कटाउनुपर्ने टिप्पणी गरेका छन् । सोमबार १६ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चेतावनी दिएका हुन् ।
विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ।’ उनले पुर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन् ।
उनले देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको दाबी गर्दै भने, ‘देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’
प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार