२० पुष २०८१, शनिबार

कार्यपालिका सदस्य चौधरीको निधन


१३ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको छ ।

पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।

जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिईन् । अस्पताल ल्याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनि अस्वस्थ हुन पुगेकी थिईन् । अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीय एक महिलाको घरमा पानी मागेर पिएको र आफूलाई अस्पताल लगिदिन आग्रह गरेको वडाध्यक्ष गुरुङले जानकारी दिईन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार