१२ जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्ररणमा आफू नजिक रहेका व्यक्तिलाई जबरजस्ती पोल्न लगाइएको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा जारी अनुशिक्षणमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको आरोप लगाएका छन् ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउने? कसरी नाम लेख्न लगाउने? कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने? भयो । प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्यो भने अखबारमा सँगसँगै कसरी पुग्छ? कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ।’
प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार