१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् ।
उनले बुधबारको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे धारणा व्यक्त गरेका छन् ।
भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका हुन् । उनी फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए ।
उनीसँगै घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ गते नै मृत्यु भएको थियो । त्यस्तै, चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर उनी बैशाख १७ गते नेपाल फर्किएका थिए ।
प्रकाशित मिति: १० जेष्ठ २०८०, बुधबार