९ जेठ, काठमाडाैँ । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । शशी कार्कीको नाममा रहेको उक्त शेयर बैंकले बिक्री गर्न लागेको हो ।
तर, उक्त शेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीले खरिद नगरेमा मात्रै सर्वसाधारणका लागि बिक्रीका लागि खुला गरिने बैंकले जानकारी दिएको छ ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले जेठ २ गते देखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलवार