७ जेठ, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई दु:ख दिन र अर्थतन्त्र ध्वस्त बनाउन कांग्रेस-माओवादीसहित गठबन्धन बनेको टिप्पणी गरेका छन् ।
सरकारका नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै ओलीले देशको अर्थतन्त्र संकटको डिलमा पुगेको समेत बताएका हुन् ।
बैठकमा उनले भने, ‘नेकपा एमालेको सरकारलाई विस्थापन गरी बनेको कांग्रेस माओवादीसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पुर्याउने प्रमुख कारक हो ।’
‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो। तथ्यांकले अर्कै कुरा बोल्छ कसरी बोल्ने? देश र जनतालाई दुख दिन र दु:खको कारण भएको छ अहिलेको गठबन्धन। ‘ उनले थपे ।
प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार