७ जेठ, काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, साताको पहिलो दिन बढेको चाँदी भने प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ७ जेष्ठ २०८०, आईतवार