२५ बैशाख २०८३, शुक्रबार

हेरेकै भरमा उपचार गर्छु भन्नेलाई कारबाही गर्न चिकित्सक संघको माग


५ जेठ, काठमाडाैँ । आँखाले हेरेकै भरमा रोग निको बनाउछु भन्दै हिड्नेलाई कानुन बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।

शुक्रबार विज्ञप्ती निकाल्दै संघले यस प्रकारका कार्यमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न सरकार तथा सरोकारवाला निकायसँग माग गरेको हो।

संघले यस्ता अस्वाभाविक र वैज्ञानिक रुपमा पुष्टि हुन नसकेका कुरालाई बन्द गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हालै समाजिक सञ्चालनमा व्यापक मात्रामा आँखाले हेरेकै भरमा जस्तोसुकै रोग पनि निको हुने विश्वास भन्दै सर्वसाधरण नागरिकमा भ्रम सिर्जना गरेकोप्रति नेपाल चिकित्सक संघको ध्यानकर्षण भएको छ।”

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रप्रति नै भ्रम सिर्जना हुनु गलत भएको संघको ठहर छ।


प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives