१ माघ २०८१, मंगलवार

टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालय पुर्याइयो


१ जेठ, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

म्याद थपको प्रक्रियाअघि बढाउने क्रममा उनलाई सरकारी वकिलको कार्यालय लगिएको हो । उनी हिजो साँझ बुढानिलकण्ठबाट पक्राउ परेका थिए ।

पक्राउ पुर्जी जारी भएदेखि काठमाडाैँ फर्किने भन्दै रायमाझि बुटवलबाटै फरार भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म रायमाझीसहित १३ जना पक्राउ परिसकेका छन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार