१ माघ २०८१, मंगलवार

आमाको दूधले सर्केर दुई महिने बालिकाको मृत्यु


१ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा आमाको दूधले सर्केर एक नाबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका –२ आम्बेगुदिनका कृष्णबहादुर विष्ट र हिमादेवी कटुवाल विष्टकी दुई महिने नाबालिका छोरीको दूधले सर्किँदा मृत्यु भएको हो ।

विष्टकी श्रीमती हिमादेवी नाबालिका छोरीसहित आफ्नो माइत गाउँ सिदिङ्वा गाउँपालिका –२ सादेवा गएकी थिइन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार हिमादेवी माइत गाउँ सादेवामै रहेका बेला अचानक दूधले सर्केर नाबालिकाको शनिबार मृत्यु भएको हो ।

मृतक नाबालिकाको शव जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आइतबार आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यता घटनासम्बन्धी अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार