२५ बैशाख २०८३, शुक्रबार

वैशाख मसान्तको वर्षाले किसानलाई राहत


१ जेठ, महोत्तरी । पानी नपर्दा खेतीपातीको काम गर्न नपाएका महोत्तरीका किसान गएरातिको वर्षाले जुर्मुराएका छन् । वैशाख मसान्त रातिको वर्षाले खेतबारीको माटोमा पर्याप्त चिस्यान भएपछि अब खेतीपातीका काम अघि बढ्ने आशले किसान जुर्मुराएका हुन् । वर्षाले खेतीपातीसँगै बढेको गर्मीबाट पनि राहत दिएको छ ।

“यसपालि पूरै हिउँद त्यतिकै पानी नपरी बित्यो, गत चैतमा अलिअलि झारेझुर्रे पानी परेपनि माटो गाल्नेगरी परेको थिएन”, बर्दिबास–६ जुरेटोलका किसान धनसिंह क्याप्छाकीले भने, “अब चैँं खेतबारी खनजोत गर्न पाइने भइयो ।”

पूरै हिउँद पानी नपरी बित्दा खेतबारी सुकेर जोत्न नसकिएको बेला अब भने खेतीपातीका काम गर्न पाइने क्याप्छाकीसहितका किसानको विश्वास छ । अब खेतबारी खनजोत गर्ने, बर्खे धान र कोदोको ब्याड राख्ने, बर्खे मकै लगाउने र उखु गोड्न प्रशस्त चिस्यान भएको महोत्तरीको उत्तरी भेगका किसानले बताएका छन् । पछिल्लो वर्षाले अब नदी किनारका उकास चउरमा घाँस पलाउने भन्दै केही दिनपछि गाईबस्तुको चरन हुने किसानको भनाइ छ । मध्यरात अघि निकैबेर परेको पानीले बढेको गर्मी पनि घटाएर वातावरण शीतल बनाएको सर्वसाधारणले बताएका छन् ।

वर्षाको पानीले आँप, लिचीसहितका फल बढ्न र पोटिलो हुन सघाउने किसानको विश्वास छ । फलफूलका रुखमा लागेका जालो, हाँगापातका कालो धब्बा वर्षाले पूरै पखालिँदा आँप र लिचीका रुख चहकिला देखिएका छन् । अब आँप र लिचीका दाना चाँडै बढ्ने र थप रोगव्याध नलाग्ने विश्वास पलाएको बर्दिबास–९ पशुपतिनगरका किसान शैलदेवी महतोको भनाइ छ । पछिल्लो वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पनि लहलहाउने र बतिया (चिचिला) हलक्क बढ्ने किसान बताउँछन् ।

अहिलेको वर्षाको पानी त वैशाखी तरकारीका लहरा र बोटलाई अमृत नै भएको भङ्गाहा–४ का तरकारी किसान चन्देश्वर राय दनुवार बताउँछन् । यो वर्षाले खुल्ला चउर, कच्ची सडक र हाटबजार क्षेत्रको धुलो भिजाएको हुँ


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives