१३ पुष २०८१, शनिबार

टोप बहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति


२१ वैशाख, काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडाैँले बिहीबार उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धान गर्ने सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएपछि उनलाई बुधबार साँझ बुटवलबाट पक्राउ गरिएको थियो ।

उनलाई बुटवलबाट काठमाडाैँ ल्याइ जिल्ला अदालत काठमाडाैँमा बिहीबार उपस्थित गराइएको थियो ।

त्यस्तै, टोप बहादुर रायमाझी पनि बिहीबार भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?