८ पुष २०८१, सोमबार

रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने रास्वपा केन्द्रीय समिति बैठकको निर्णय


१८ वैशाख, काठमाडाैँ । रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउन निर्देशन दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले  निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।

यसअघि संसदीय दल नेता रहेका उपसभापति डिपी अर्यालले पदबाट राजीनामा दिइसकेका छन् ।

रवि लामिछाने रास्वपाका सभापति हुन् । उनी गत वैशाख १० मा भएको उपनिर्वाचनबाट संसद्मा निर्वाचित भएका थिए ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?