२२ मंसिर २०८२, सोमबार

अमेरिकाको सिएटलमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते


१८ वैशाख, एजेन्सी । अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

एक जनाको घटनास्थलमै र दोस्रोको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी गम्भीर चोटपटक लागेका अर्का एकजना घाइतेको उपचार भइरहेको बताइएको छ ।

सिएटलका प्रहरी प्रमुख एड्रियन डियाजले आइतबार बिहान सो घटनाको विवरण सार्वजनिक गरेका छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार