२६ बैशाख २०८३, शनिबार

वैशाख १५ गतेसम्म गुरू अस्त, के गर्नु हुँदैन ?


३० चैत्र, काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गुरु अस्तका बेला शास्त्रले निषेध गरेका कामना राखेर गरिने शुभ कर्म नगर्न आह्वान गरेको छ । समितिले आज विज्ञप्ति प्रकाशित गरी यही चैत १७ गते शुक्रबारदेखि गुरू अस्त भई आगामी विसं २०८० वैशाख १५ गते शुक्रवार गुरूको उदय हुने भएकाले यस अवधिमा कामना राखेर गरिने शुभ कर्म नगर्न अनुरोध गरेको हो । गुरु अस्त भएका दिनमा गुरूको अस्त दोष र वैशाख १६ गतेदेखि १८ गतेसम्म गुरूको बाल्य दोष रहने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्त समयमा गुरू शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरूको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय भएको समितिले जनाएको छ । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन । यसो गरेमा जुन कामनाले गरिन्छ त्यो फल नपाइने समितिको भनाइ छ ।

हाल देशमा यस्तो वर्जित समयमा सप्ताह, नवाह र ठूला ठूला यज्ञहरू भइरहेका छन् र हुन लागेका छन् भन्ने सुन्नमा आएका छन् । यस्ता क्रियाकलाप बन्द गरिनुपर्छ भनी देशमा चारैतिरबाट जन गुनासासमेत समितिमा आएकाले यस विषयमा ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives