१५ माघ २०८२, बिहीबार

चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


२४ चैत्र, काठमाडाैँ । चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवाको सुचिमा परेकाहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेको बताइएको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?