फ्रान्ज काफ्का (१८८३-१९२४) ४० वर्षको उमेर हुँदा पनि कहिल्यै विवाह गरेका थिएनन्, उनका कुनै सन्तान थिएनन् । एकदिन बर्लिनको पार्कमा हिंड्दा उनले एकजना सानी केटीलाई भेटे जो रोइरहेकी थिइन् । किनभने उनले आफ्नो मनपर्ने गुडिया गुमाएको थिइन् । त्यो देखेर काफ्का दुखी भए । ती सानीक केटी र काफ्का मिलेर निकैबेर गुडिया खोजे, तर असफल भए। काफ्काले उनलाई भोलिपल्ट त्यही ठाउँमा भेट्ने र फेरी खोजौला भनेर हिँडे ।
भोलिपल्ट, जब उनीहरूले खोज्दा पनि पुतली फेला परेन, तब काफ्काले केटीलाई गुडियाले लेखेको भनेर ती बच्चीलाई एउटा चिठ्ठी दिए, जहाँ लेखिएको थियो; “कृपया नरोऊ। म संसार घुम्नको लागि यात्रामा निस्किएको छु । बरू म तिमीलाई मेरो साहसिक यात्राको बारेमा सधै लेखिरहने छु ।”
यसपछि काफ्काले हप्ता दिनमा ती बच्चिलाई चिठी लेख्न थाले, गुडियाको नाम राखेर ।
ती बच्चि गुडियाले पठाएको चिठ्ठी पढ्थीन र निक्कै खुसी हुन्थिन । किनभने त्यहाँ संसार घुम्दाका रोमाञ्चक कुराहरू लेखिएको हुन्थ्यो ।
एकदिन कफ्काले आफैले एउटा नयाँ गुडिया किनेर ल्याए । र, ती बच्चीलाई दिंदै भने, ‘हेर त, तिम्रो गुडिया संसार घुमेर फर्केर आएछ ।’
त्यो बच्चीले गुडिया हेर्दै भनिन, ‘त्यो त मेरो गुडिया जस्तो देखिदैन ।’
काफ्काले उनलाई अर्को चिठी दिए, जसमा पुतलीले लेखेको थियो: “म तिम्रै प्यारो गुडिया हु, यो यात्राले गर्दा म फेरिएको मात्र हो ।” यो पढेर सानी केटीले नयाँ गुडियालाई अँगालो हालेर खुशी हुँदै घर ल्याई।
एक वर्षपछि काफ्काको मृत्यु भयो। धेरै वर्ष पछि, त्यो सानी केटी वयस्क भैसकेको थिइन् । एकदिन ती केटीले पुतली भित्र एउटा पत्र भेट्टाइन । त्यहाँ काफ्काले हस्ताक्षर गरेको सानो पत्र थियो, जहाँ यस्तो लेखिएको थियो:
“सानी नानी, यो संसारमा तिमी-हामीले माया गर्ने हरेक कुरा हराएर जान्छन । तर, अन्त्यमा सबै प्रेम अर्को कुनै रूपमा फेरी हामीसँग फर्किएर आउनेछ । वस्, त्यसलाई चिन्न र स्वीकार गर्न सक्नुपर्छ ।”
प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार