२७ पुष २०८१, शनिबार
विश्वकप छनोटमा खेल्ने खेलाडी छनोट

२४ ,कात्तिक ,काठमाडौँ । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत सयुंक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले

उपरथी पाण्डेद्वारा राजीनामा

२४ ,कात्तिक ,काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । पाण्डेले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरणको रिटमा निरन्तर सुनुवाइ

२४ ,कात्तिक ,काठमाडौँ । तिहार बिदामा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको छ । यही कात्तिक २६ गते आइतबारदेखि भाइटीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ ।

‘एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको छ’

२४ ,कात्तिक ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताएकि छन् । नेपाल सरकारद्वारा सञ्चार तथा सूचना

निम्न व्यापारी सङ्घद्वारा भूकम्पपीडितलाई कपडा सहयोग

काठमाडौं। काठमाडौं निम्न व्यापारी सङ्घ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई रु सात लाख बराबरको कपडा सहयोग गरेको छ । उक्त सङ्घले भूकम्पपीडितका लागि सङ्कलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ : प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी

वैदेशिक शिक्षाको नाममा बाहिरियो झण्डै ३३ अर्ब

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक शिक्षा खर्चतर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । सरकारलाई सेवा आयतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ भने आर्थिक वर्षको असोज मसान्तसम्ममा

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन । त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार)हरूबाट १५ दिनको

झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग

झापा। झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् । कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज रु ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार

प्रधानमन्त्री दाहालद्वारा थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन

रोल्पा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गरेका छन् । उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ भने सो अवसरमा उनले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र