८ पुष २०८१, सोमबार
आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं। आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै छ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो

सन् २०२४ मा आर्थिक सुधारको गतिलाई बलियो बनाउँछौँ : चिनियाँ राष्ट्रपति सी

काठमाडौं। राष्ट्रपति सी चिनफिङले चीनको अर्थतन्त्र पहिलेको तुलनामा लचिलो र गतिशील बनाउने बताएका छन् । सन् २०२४ को नयाँ वर्षको सन्देशमा सी चिनफिङले आर्थिक सुधारको गतिलाई बलियो बनाउन र दीर्घकालीन आर्थिक विकास हासिल गर्न चीन

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या

पर्वत। पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका-२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा

मन्त्री नआएको भए बालकुमारी घटना हुने थिएन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताएका छन् । त्यस्तै, बालकुमारीमा मन्त्रीको गाडी

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो । हिजो आइतबार पनि यही मूल्यमा

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने

काठमाडौं। राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा

बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौं। सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा

इंग्लिस प्रिमियर लिगः फुलह्यामसँग आर्सनल पराजित

काठामडौं। इंग्लिस प्रिमियर लिगको सन् २०२३ को अन्तिम खेलमा शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको आर्सनल फुलह्यामसँग पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा सुरुआती अग्रता लिएको आर्सनलले अन्तिममा १-२ को नतिजा सुम्पिन

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले गरिन् राजगद्दी परित्यागको घोषणा

काठमाडौं। डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् । उनले नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा आइतबार भाषणको क्रममा रानी मार्गरेटले आउँदो जनवरी १४ मा पद छोड्ने बताएकी हुन् । त्यसैगरी, ८३ वर्षीया