२ माघ २०८१, बुधबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सोमबार नै गौरीगंगा नगरपालिका–३ को

सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरधाम। जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी

जलेश्वर,महोत्तरी। महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ । सोमबार आयोजित बालविवाह विरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज पशुपतिमा देखाइदै

२६ ,मङ्सिर ,काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिदै छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ

आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस

२६ ,मङ्सिर ,काठमाडौँ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा

फिस्लिङ तोक्दाङ नौ किमी सडक : रु नौ करोड खर्चिए पनि उस्तै !

२६ ,मङ्सिर ,मुग्लिन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो । तत्कालीन दारेचोक गाउँ विकास समितिबाट रु ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ

विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

२६ ,मङ्सिर ,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ सिकलपट्टिका दुई सय बढी बासिन्दाको घर–घरमा विद्युत्का मिटर जडान गरिएका छन् । नियमितरूपमा प्रत्येक महिनाको अन्त्यमा स्थानीय बासिन्दाले विद्युत्को महसुल पनि तिर्दै आएका छन् । विद्युत् शक्ति (भोल्टेज) कम

तनहुँ कारागारमा पानीको अभाव

२६ ,मङ्सिर ,दमौली (तनहुँ) । जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको

भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव

२६ ,मङ्सिर ,जाजरकोट । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किनुभएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट

प्रदेशले सङ्घीयता कार्यान्वयन गर्न कानुन निर्माणलाई पूर्णता दिनु आवश्यक : सभामुख पाठक

२६ ,मङ्सिर ,काठमाडौँ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सङ्घीयता कार्यान्वयका लागि प्रदेशले आफ्नो ऐन, नीति, कानुन निर्माणलाई पूर्णता दिनुपर्ने आवश्यकता औल्याएका छन् । प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवहरूका लागि प्रभावकारी समिति सञ्चालन