© 2024
आज मिति २०८० साल असोज २ गते मंगलबार ( Sep 19, 2023 ) भाद्र शुक्ल चतुर्थी १० :४९ बजे सम्म त्यस पछि पंचमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५० बजे सुर्यास्त साझ – १८:०४
१ ,असोज , कैलाली । कैलाली, घोडाघोडी नगरपालिका-४ डङडङ्गेस्थित सडकमा से.५ प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको छ ।
१ ,असोज ,काठमाडौँ । सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा
१ ,असोज ,सप्तरी। सप्तरी, राजबिराज नगरपालिका-९ मलेठस्थित आफ्नै नाना श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरी कोशी गाउँपालिका-५ दुधगत बस्ने बिन्देश्वर यादवको छोरा ८ वर्षीय आशिष कुमार यादवको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
१ ,असोज ,वीरगंज ।पर्सा: वीरगंज महानगरपालिका १६ नगवास्थित सीमा ईलाकाबाट असोज १ गते करीब १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले
१ ,असोज ,सिन्धुली मरिण गाउँपालिका-३ बरुण बस्ने दुधराज मुक्तानको छोरा ३ वर्षीय मनिष मुक्तानको आगोले चलेर सोमबार बिहान मृत्यु भएको छ । भान्सा घरमा झुलुङ्गेमा राखी घरका अन्य सदस्य खेतमा गएको अवस्थामा शारीरिक रूपमा असक्त
१ ,असोज , मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित उमेश माछा पसलका संचालक धनुषा कमला नगरपालिका-८ बस्ने २६ वर्षीय उमेश शाहलाई अवैध लागूऔषध चरेस करिब २ सय १३ ग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त
१ ,असोज ,महोत्तरी। महोत्तरी, लोहारपट्टी नगरपालिका-९ लेउरीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१ ,असोज ,काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र नवप्रवर्धनको भूमिका’ भन्ने नाराका
१ ,असोज ,काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । रक्षामन्त्रालयमा साेमबार सबै मन्त्रीहरूसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ-आफ्नाे मन्त्रालयकाे काम जनतालाई सन्तुष्ट हुनेगरी कार्यसम्पादन गर्न