२५ बैशाख २०८३, शुक्रबार
रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

२३ चैत ,मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन

‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने

२३ चैत ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय

मिल्स क्रिकेट टि–२० : नरपथगञ्ज र एनबीएससी फाइनलमा

२३ चैत ,विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ भने म्यान अफ

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घमा नयाँ नेतृत्व

२३ चैत ,काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोधरूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल, प्रदेश उपाध्यक्षहरूमा देवराज सुवेदी (कोशी),

चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रसचिव पौड्यालको भेटवार्ता

२३ चैत ,काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्‌ । चीनको बेइजिङस्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उनिहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको

सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु

२३ चैत ,काठमाडौँ । सत्तारुढ गठबन्धनको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,

खेलकुदले मित्रता बढाउँछ– अध्यक्ष ओली

२३ चैत ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्त्व दिनुपर्ने बताएका छन्‌ । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई

नेपालद्वारा एलडिसीज समन्वय ब्यूरोको अध्यक्षता ग्रहण

२३ चैत ,काठमाडौँ । नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो ।

तुलसीपुर कारागारमा जबर्जस्ती करणीका कैदी धेरै

२३ चैत्र, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो

२३ चैत्र, काठमाडाैँ । काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू