© 2024
२८ चैत्र, काठमाडाैँ । सभामुख निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । बालुवाटारमा भएको उक्त बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्
२८ चैत्र, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । स्मार्ट टेलिकमका सेवा देशका केही स्थानमा नचलेको विषयका सम्बन्धमा प्राधिकरणले सूचना जारी गरी उक्त निर्देशन दिएको हो ।
२८ चैत्र, काठमाडाैँ । 'चक्रे मिलन'का नामले परिचित मिलन गुरुङ अत्याधुनिक हतियार ‘एके–४७’को सुरक्षा घेरामा देखिएका छन् । उनी शान्तिसुरक्षालाई चुनौती दिँदै एके–४७को सुरक्षा घेरामा देखिएका हुन् । नेपालगन्जको सिद्धार्थ होटलमा उनका बडिगार्डले एके–४७ बन्दुक लिएर
२८ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न पार्टीले अनुशासन आयोगको बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धारामा ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा
२८ चैत्र, रूकुम । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको
२८ चैत्र, महोत्तरी । चोरीको मोटरसाइकलसहित वडाध्यक्षका छोरा पक्राउ परेका छन् । महोत्तरीको सोनमा गाउँपालिका–३ का वडाध्यक्षका छोरा चोरीको मोटरसाइकलसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वडाध्यक्ष रामप्रमोद सहनीका १९ वर्षीय छोरा सुजितकुमार रहेका छन् ।
२८ चैत्र, विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पान पराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस
२८ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुर बस्तीमा आगलागी भएको छ । आगलागीले बस्तीका चार घरमा पूर्ण रुपमा क्षति भएको छ भने दुई घरमा सामान्य क्षति भएको छ । आगलागीबाट दुईवटा बाख्रा र
२८ चैत्र, भक्तपुर । प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म रु दुई करोड ५० लाख बराबरको कारोबार भएको छ । औद्योगिक
२८ चैत ,ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर